एसीसी यू–१९ एसिया कप : नेपाल सेमिफाइनलमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ कात्तिक । नेपाल मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एक हार व्यहोरेर दुई खेल जित्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । बंलादेशसँग हार व्यहोरेको नेपालले भारत र मलेसियालाई हराएको छ । तर, नेपालको सेमिफाइनलको यात्रा भने बंगलादेशले तय गरिदिएको हो ।

दुई खेल जिते पनि सेमिफाइनलको यात्रा तय गर्न नसकेको नेपाल बंगलादेशले भारतलाई हराएपछि अंकको आधारमा सेमिफाइनल प्रवेशको मौका पाएको हो ।

यू–१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् । अंक तालिकाको दोस्रो नम्बरमा पर्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो । मंगलबार बंगलादेशसँग भारत ८ विकेटले पराजित भएपछि नेपालले मौका पायो ।

यसअघि मंगलबारै भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । बायुमास ओभलमा मंगलबार भएको खेलमा मलेसियाले नेपाललाई १५.३ ओभरमा सबै विकेट गुमाएर ४५ रनको विजयी लक्ष्य दिएको थियो । त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको नोपलले २ विकेट गुमाएर ५.३ ओभरमा लक्ष्य भेट्टाएको थियो । यसअघि नेपालले १९ रनले भारतलाई हराएको थियो भने बंगलादेशसँगको २ ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *