व्यवसायी गौचन हत्यामा संलग्न ५ जना सार्वजनिक, मुख्य योजनाकार अझै फरार

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौं, २८ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरि प्रहरीले गौचन हत्यामा संलग्न भएको दाबी गर्दै पाँच जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले गौचन हत्यामा संलग्न रहेको भन्दै नुवाकोट पञ्चकन्या गाउँपालिका ५ का राजीव स्याङ्तान, पर्सा कालिकामाई गाउँपालिका १ का ३५ वर्षिय शिवजी महतो, भारत विहार बेतिया चौबेटोलाका २४ वर्षिय मुकेश कुमार पाण्डे, पर्सा ठोरी गाउँपालिका ५ का १८ वर्षिय सन्तोष गुरुङ र काठमाण्डौं नागार्जुन नगरपालिका ४ का २२ वर्षिय प्रकाश बुढाथोकीलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थापन गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकलको व्यवस्था गरेका थिए ।

राजिव तामाङ सुटर भएको प्रहरीको दाबी छ । गएको असोज २३ मा नयाँ बानेश्वर शान्तिनगरस्थित खरिबोटमा गोली हानेर गौचनको हत्या भएको थियो ।

गौचन हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको थियो । करिब एक महिनाको अनुसन्धानपछि सो टोलीले ५ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *