म्याड्रिडमा प्रदर्शन जारी

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

बार्सिलोना, २८ कात्तिक ।  स्पेनको केन्द्रीय सरकारले थुनामा राखेका क्याटालोनियाको स्वतन्त्रताका पक्षधर नेताहरूलाई रिहाईको मागगर्दै मङ्गलबार पनि दशौँ हजारले प्रदर्शन गरेका छन् ।

दशौँ हजार क्याटालोनियालीले उनीहरुको रिहाइकोमा मागगर्दै प्रदर्शन गरेका बताइएको छ । आइतबारबाट सडक प्रदर्शन सुरु गरेका उनीहरुले आफ्ना नेताहरुलाई नियन्त्रणमा लिएको विरोधमा बार्सिलोनामा प्रदर्शन गरेका छन् ।

क्याटलोनियाका आठजना क्षेत्रीय मन्त्री र दुईजना अभियानकर्ता थुनामा छन् । उनीहरुको रिहाइको मागगर्दै प्रदर्शनकारीले सोमबार पनि आन्दोलन गरेका थिए । सो प्रदर्शन मङ्गलबार पनि जारी रहेको बताइएको छ ।

स्पेनको कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन स्वेच्छाले बेल्जियम निर्वासनमा हुनुहुन्छ । उहाँका अभियानकर्ताहरूमाथि भने मुद्दा चलाइएको छ ।

क्याटलोनियाको क्षेत्रीय संसद र सरकारले क्याटोलोनियालाई आफै स्वतन्त्र भएको घोषणा गरेका थिए । तर त्यसलाई केन्द्र सरकारले भने मानेको छैन ।

स्पेनले क्षेत्रीय सरकारलाई निलम्बन गरी प्रत्यक्ष शासन शुरु गरेको थियो । हाल क्याटालोनियाको संसद र सरकार दुवै निलम्बनमा छ । स्पेनको सरकारले संसस र सरकार बिघटन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *