डेनमार्कको विश्वकपमा सपना साकार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक । आगामी बर्ष रुस हुने विश्वकप फुटबलमा डेनमार्क छनोट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत प्ले–अफको दोस्रो लेगमा रिपब्लिक अफ आयरल्याण्डलाई ५–१ ले हराउँदै डेनमार्कले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

पहिलो लेगमा गोल रहित बराबरी खेलेर छनौटको सम्भावना बराबरी राखेको रिपब्लिक अफ आयरल्याण्डले दोस्रो लेगको सुरुको छैटौं मिनेटमा नै गोल गर्दै सुरुवाति अग्रता लिएको थियो ।

छटौं मिनेटमा शेन डफीले गोल गर्दै घरेलु टोली आयरल्याण्डलाई सुरुवाति अग्रता दिलाएका हुन् । तर त्यसपछि भने डेनमार्कले गोलको वर्षा नै गर्‍यो । २० औं मिनेटमा आयरल्याण्डका साइरस क्रिष्टिले आत्मघाती गोल गरे ।

३२ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका डेनमार्कका क्रिष्टियन एरिक्सनले ६३ र ७३ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेपछि डेनमार्कले ४–१ को अग्रता लियो । ९० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै निकलस बेन्टनरले गोल गरेपछि डेनमार्क ५–१ ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *