विश्व विजेता जर्मनी फ्रान्ससँग बराबरीमा रोकियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक । विश्व विजेता जर्मनी फ्रान्ससँग बराबरीमा रोकिएको छ । आगमी बर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप मंगलबार राति भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा जर्मनी फ्रान्ससँग २–२ को बराबरीमा रोकिएको हो ।

जर्मनी पछिल्ला २१ खेलमा पराजित भएको छैन । खेलको अन्तिमसम्म २–१ ले पछि परेको जर्मनीलाई हारबाट जोगाउन इन्जुरी समयमा लार्स स्टेण्डलले गरेको गोल निर्णायक बन्यो ।

३३ औं मिनेटमा एलेक्जान्डर लाकेजिटले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५६ औं मिनेटमा टिमो वेर्नरले जर्मनीका लागि बराबरी गोल फर्काए । तर ७१ औं मिनेटमा लाकेजिटले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले २–१ ले अग्रता लियो ।

तर इन्जुरी समयको तेस्रो मिनेटमा स्टेण्डलले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए । जर्मनी गएको हप्ता भएको इंग्ल्याण्डसँगको मैत्रिपूर्ण खेलमा गोलरहित बराबरीमा रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *