रजनीकान्त देखि तब्बुसम्म, यो हो यी स्टारको पुरा नाम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक । फिल्म इन्डस्ट्रीमा नामले पनि धेरै प्रभाव पार्छ भन्ने मान्यता छ । सोही कारण कलाकारहरु आफ्नो नाम बनाउन हरदम कोशिश गर्छन । तर फिल्म इन्डस्ट्रीमा केही स्टार छन् जसको थर (सरनेम) कमैलाई मात्र थाह छ । यो लिस्टमा गोविन्दा देखि रजनीकान्तसम्म समावेश छन् ।

हेर्नुहोस् ती स्टारको पुरा नाम

१. रजनीकान्त

रजनीकान्त नामको तपाईले कहिलै सरनेम सुन्नुभएको छैन होला । रजनीकान्तको असली नाम शिवाजी राव गायकवाड हो । रजनीकान्तले केही फिल्ममा आफ्नो यही नाम प्रयोग गरेका छन् । उनले फिल्मकै लागि रजनीकान्तले असली नाम परिवर्तन गरेका थिए ।

२. गोविन्दा

गोविन्दाको पुरा नाम गोविन्द अरुण आहूजा हो । तर उनी गोविन्दा नामबाटै चर्चामा छन् । गोविन्दाले आफ्नो नाम लामो भएको भन्दै अगाडीको नाम मात्रै राखेका थिए ।

३. काजोल

काजोलको पुरा नाम काजोल मुखर्जी हो । काजोलकी आमा तनूजा मुखर्जी हुन्, उनी आफैमा धेरैले चिन्ने व्यक्ति हुन् । काजोललाई आफ्नो नामको पछाडी मुखर्जी राख्नु राम्रो नभएको भन्दै काजोलमात्रै लेख्न थालेकी थिइन् ।

४. धर्मेन्द्र

धर्मेन्द्रको असली नाम धरमसिंह देओल हो । तर उनलाई मानिसहरुले धर्मेन्द्र नामले नै चिनिन्छन् । उनले आफ्नो नाम बलिउडका लागि सुहाउँदो नभएको भन्दै धर्मेन्द्र मात्रै लेख्न थालेका हुन् । उनका छोरा सनी र बबीले चाहिँ देओल लेख्ने गरेका छन् ।

५. तमन्ना

तमन्ना साउथ इन्डस्ट्रीको ठूलो नाम हो । तमन्नाको पुरानाम तमन्ना भाटिया हो । अहिले उनी आफ्नो सरनेम लेख्दिनन् ।

६. रेखा

रेखाको असली नाम भानूरेखा गणेशन हो । रेखाले साउथ फिल्म इन्डस्ट्रीबाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनले बलिउडमा डेब्यू गरिन् । उनले आफ्नो नामबाट भानू गणेशन हटाएर रेखा मात्रै राखिन् ।

७. असिन

असिन पनि साउथकी अभिनेत्री हुन् । असिनको नाम असिन थोट्टूमकल हो । असिनले फिल्म ‘गजनी’ बाट आमिर खानसँग बलिउडमा डेब्यू गरेकी थिइन् ।

८. जितेन्द्र

जितेन्द्रको असली नाम रवि कपूर हो । उनले बलिउडका लागि नाम बदलेर जिनेन्द्र राखेका हुन् ।

९. तब्बू

तब्बूको असली नाम तबस्सुम हाशमी हो ।

१०. शान

बलिउडका चर्चित गायक शानको असली नाम शान्तनु मुखर्जी हो । उनले नाम लामो भएको भन्दै छोटकरीमा शान लेख्न थालेका हुन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *