जिम्बावेका राष्ट्रपति रबर्ट मुगाबे परिवारसहित सेनाको नियन्त्रणमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, २९ कात्तिक । जिम्बावेको सेनाले त्यहाँका राष्ट्रपति रबर्ट मुगाबेलाई परिवारसहित नियन्त्रणमा लिएको बताइएको छ । यद्यपी सेनाले मुगाबे र उनको परिवार सुरक्षित रहेको जानकारी दिएको छ ।

सेनाले राष्ट्रपति मुगाबे र उनको परिवारको सुरक्षाको ग्यारेन्टी लिएको बताएको द न्युयोर्क टाइम्सले जनाएको छ । यसअघि सेनाले त्यहाँको राष्ट्रिय प्रशारक जेडबीसी नियन्त्रणमा लिएको थियो ।

जिम्बावेको सेनाले देशको राजनीतिक कलह सुल्झाउन हस्तक्षेपको तयारी गरिरहेको बताएपछि त्यहाँको सत्तारुढ दलले देशका सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको छ।

९३ वर्षीय रबर्ट मुगाबे विश्वकै सबैभन्दा बढी उमेरका राष्ट्रप्रमुख हुन् । उनलाई नियन्त्रणमा लिनुअघि राजधानी हरारेमा थप बख्तरबन्द गाडीहरु देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *