शिक्षा ऐन नवौं संशोधनविरुद्ध तीन विद्यार्थी संगठन आन्दोलनमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक । आसन्न निर्वाचनका विषयमा आरोप प्रत्यारोपमा उत्रिएको विद्यार्थी संगठन शिक्षा ऐन नवौं संशोधनविरुद्ध भने संयुक्त रुपमा आन्दोलनमा होमिएका छन् ।

नेपाली कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले शिक्षा ऐन नवौं सशोधनका विरुद्ध आन्दोलनरत शिक्षा शास्त्रका विद्यार्थीको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर शिक्षा ऐन नवौं संशोधनविरुद्ध उत्रिएका विद्यार्थीहरुको माग वार्ता र संवादका माध्यमबाट पूरा गर्न भनेका छन्। साथै उनीहरुले आइओएमको प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन् ।

शिक्षा अध्यापन अनुमति प्रमाण पत्र लिएर बसेको शिक्षा संकायका लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड हुने गरि उक्त ऐन ल्याइएको भन्दै विद्यार्थीहरुले खारेजीको माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *