छोरा एक बर्ष नपुग्दै सैफ र करिनाले किनिदिए करोडौंको कार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक । सैफ अली खानले छोरा तैमुर अली खानको जन्मदिन भन्दा पहिले नै उपहारका लागि करा किनेका छन् । ११ महिनाका तैमुरका लागि यो कारमा स्पेशल बेबी सिट समेत बनाइएको छ ।

सैफले छोरलाई सोमबार १ करोड ३० लाखमा कार किनिदिएको भारतीय संचारमाध्यमले जनाएका छन् । गाडी किन्न गएका सैफले मिडियासँग छोराको जन्मदिनमा उपहार दिन गाडी खरिद गरेको बताए ।

करिना कपूर सैफका छोरा तैमूर २० डिसेम्बरमा एक बर्षका हुनेछन् । तैमुरलाई अहिले नै फेमस स्टार किड्सका रुपमा लिइन्छ । उनलाई भारतीय संचारमाध्यमले पच्छाउने गरेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *