यी हुन् रुस विश्वकप खेल्ने ३२ टोली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० कात्तिक । २०१८ मा रुसमा हुने विश्वकप फुटबल खेल्ने २३ टोलीको टुंगो लागेको छ । ल्याटिन अमेरिकी मुलुक पेरु प्ले अफ जित्दै रुस विश्वकपका लागि छनोट भएसँगै ३२ टोलीको टुंगो लागेको हो ।

अन्तरमहादेशीय प्ले अफ दोस्रो लेगको खेलमा न्यूजिल्याण्डलाई २-० ले हराउँदै पेरुले रुसको टिकट काटेको हो । पेरुको राजधानी लिमामा आज बिहान भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन जेफर्सन फारफान र क्रिश्चियन रामोसले एक–एक गोल गरे ।

जितसँगै पेरु ल्याटिन अमेरिकी समूहबाट विश्वकपमा छानिने पाँचौ टोली बन्दा ओसियाना समूहको विजेता न्युजिल्याण्ड भने बाहिरिएको छ । यसपटक युरोपबाट सबैभन्दा बढी १४ टोलीले विश्वकप खेल्दैछन् ।

आयोजक रुससँगै इङ्ल्यान्ड, जर्मनी, स्पेन, फ्रान्स, क्रोएसिया, सर्विया, स्विडेन, डनेमार्क, आईसल्याण्ड, पोर्चुगल, पोल्याण्ड, बेल्जियम र स्विट्जरल्याण्डले विश्वकपमा ठाउँ बनाएका छन् ।

यसैगरी दक्षिण अमेरिकाबाट पाँच टोली ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया र पेरुले विश्वकपका स्थान पक्का गर्दा एसियाबाट पनि पाँच राष्ट्र जापान, ईरान, दक्षिण कोरिया, साउदी अरेबिया र अष्ट्रेलिया विश्वकपका लागि छानिएका छन् ।

यसैगरी अफ्रिकाबाट ५ राष्ट्र नाईजेरिया, सेनेगल, ट्युनिसिया, मोरक्को र ईजिप्टले रुसको टिकट काट्दा उत्तर तथा मध्य अमेरिका एवं क्यारेबियन क्षेत्रबाट ३ राष्ट्र मेक्सिको, कोष्टा रिका र पानामाले विश्वकपमा ठाँउ बनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *