प्रियंकाले किन काटिन् कपाल ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । प्रियंका चोपडा अचेल अमेरिकामा छिन् । उनी त्यहाँ अमेरिकी टिभी सो ‘क्वान्टिको’को सिजन ३ को सुटिङ गरिरहेकी छिन् । उक्त सोमा उनले एलेक्स पैरिसको चरित्र निर्वाह गरिरहेकी छिन् । प्रियंकालाई एलेक्सको रूपमा दर्शकले मन पराएका छन् ।

हालै प्रियंकाले इन्स्ट्राग्राममा आफ्नो एउटा फोटो पोस्ट गरिन्, जुन फोटोले दर्शकहरूमा उत्सुकता बढाएको छ । त्यो फोटो उनको काटेको कपालको कारण थियो । उनले क्वान्टिकोको लागि आफ्नो लामो कपाल कटाएर छोटो बनाएकी छिन् । फोटोसँगै उनले ‘बाइ बाइ लङ हेयर, ह्वाटस् दी एलेक्स लुक फर सिजन ३, यु विल फाइन्ड आउट सुन’ अर्थात्, लामो कपाललाई बिदा, सिजन ३ मा एलेक्सको लुक कस्तो छ, छिट्टै थाहा पाउनेछौ, लेखेकी छिन् ।

प्रियंकाले आफ्नो नयाँ हेयर स्टाइलको फोटो पनि पोस्ट गरेकी छिन् । प्रियंका छिट्टै नै हलिउडका फिल्म ‘अ किड लाइक ज्याक’ र ‘इजन्ट इट रोमान्टिक’मा समेत देखिँदै छिन् । नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *