संसारकै चिसो ठाँउ, माइनस ६० डिग्री तापक्रममा कसरी बस्छन् मानिस ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० कात्तिक । संसारकै चिसो ठाँउ रुसको आयमेकन हो । साइबेरियामा रहेको यो गाउँ संसारकै सबभन्दा कम तापक्रम भएको गाँउकारुपमा गिनिज बूकमा रेकर्ड गरिएको छ ।

जाडोमा यहाँ न्यूनतम तापक्रम माइनस ६७.५ डिग्री रेकर्ड गरिएको छ भने गर्मीमा माइनस ३७.४ डिग्री सेल्सियस । बीबीसीका अनुसार मानिसहरु घरमा हिउँ काटेर पानी पठाइन्छ । हरेक घरमा पानीको भण्डारणको आफ्नो स्टक छ । हिउँलाई ब्लक गरेर घरमा पगालिन्छ ।

तापक्रमको असर दैनिक जीवनमा परेको छ । ब्याट्री एकदमै ढिलो चल्छ । कलमको मसी लेख्नुअघि नै सुक्छ । धातुको चश्मा लगाउनु हानिकारक हुन्छ । यहाँ बस्ने मानिसहरू दिनभरि गाडीलाई स्टार्टमै राख्छन् । एकचोटि बन्द भएपछि इन्जिन स्टार्ट गराउन गाह्रो हुन्छ ।

घोडा र कुकुरको शरीरमा भुवा हुन्छ र उनीहरूको अधिकांश समय बाहिर नै बित्छ । याकुट घोडा ससाना हुन्छन् । चिसोबाट बच्ने क्षमता उसको बढी हुन्छ । त्यसको मासु खानका लागि मानिसहरूले पाल्छन् ।

साइबेरियाका मानिसका लागि यी जनावर आर्थिक र आध्यात्मिक रूपमा महत्त्वपूर्ण छन् । शहरका धेरै भवन खाली छन् । गाउँमा जम्मा ११ सय ३१ मनिस बस्छन् । पन्ध्र वर्षअघि यहाँको जनसंख्या दुईगुणा बढी थियो । यस इलाकामा जानका लागि विमानको टिकट एकदमै महंगो हुने गरेको बताइएको छ ।

सोभियत युगको एन्टोभ एएन–२४ विमान यहाँ जानका लागि उपयोग गरिन्छ । खराब मौसमका कारण यहाँ प्रायः दुर्घटना भइरहने बताइन्छ ।

बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *