भारतमा नेपाली नागरिकमाथि गोली प्रहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सर्लाही, ३० कात्तिक । भारतमा नेपाली नागरिकमाथि गोली प्रहार भएको छ । सर्लाही मलगंवा–९ का राकेश चौधरीमाथि भारतीय भूमि चिलरीमोडमा बुधबारराति गोली प्रहार भएको हो ।

कवाड व्यापारी रहेका चौधरी गोली लागेर घाइते भएकै अवस्थमा दुई किलोमिटर मोटरसाइकल चलाएर मोटरसाइकल चलाएर सितामढी हुँदै सर्लाही प्रहरीको सम्पर्कमा आएका थिए ।

पेटबाट गोली वारपार हुँदा समेत सर्लाही प्रहरीको सम्पर्कमा आएर ‘मलाई गोली लाग्यो उपचार गर्नुपर्‍यो’ भनेर अनुरोध गरेका थिए । सर्लाहीमा सामान्य उपचार गरेर उनलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको बताइएको छ ।

उनीमाथि कसले किन गोली प्रहार गरेको खुलेको छैन । भारतीय प्रहरीसँग सहकार्य गरेर घटनामाथि थप अनुसन्धान गर्न सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *