चुनावमा आर्थिक सहयोग गर्न राप्रपाको अपिल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न निर्वाचनका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ ।वर्तमान सरकारमा सहभागी राप्रपाका अध्यक्ष कमल थापाले चिठी लेखेर आफूहरुको मुद्दा स्थापित गराउन आसन्न निर्वाचन उपयोगी हुने भन्दै आर्थिक सहयोग गर्न अपिल गरेका हुन् ।

मुलुकमा ‘हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गराउने आफ्नो प्रमुख मुद्दा रहेको भन्दै राप्रपाले आर्थिक सहयोग गर्न अपिल गरेको हो । आउँदो मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *