दयाहाङ राई र सुरक्षा पन्तको ‘भैरे’, मंसिर ४ गतेदेखि फ्लोरमा जाने (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० कात्तिक । नेपाली चलचित्र ’भैरे’ निर्माणको घोषणा गरिएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त चलचित्र निर्माणको घोषणा गरिएको हो ।

भैरे घोषणा कार्यक्रममा दयाहाङ राई, सुनील थापा, विक्रान्त बस्नेत, सुरक्षा पन्त, बर्षा सिवाकोटीले यस चलचित्र निर्माणको पुजाआजा गरेर शुभारम्भ गरेका छन् ।

यसअघि अग्निपरिक्षा, कान्छा, मुटु, ठूली लगायतका चलचित्रहरु निर्देशन गरेका एभरेष्ट सूर्य बोहराले ‘भैरे’ निर्देशनको जिम्मेवारी पाएका छन् ।

आउँदो मंसिर ४ गतेदेलि फ्लोरमा जान लागेको भैरेको काठमाडौँ, पोखरा र मुस्ताङमा छायांकन हुने बताइएको छ । छायांकन अवधि करिब ४० दिनको रहने जानकारी दिइयो ।

नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि.को ब्यानरमा बन्ने ’भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुन् । देवि माया अधिकारी कार्यकारी निर्माता हुन् भने यम बराल, लेख बहादुर गुरुङ (डेनिम) र रघु पुरी सह–निर्माता रहेका छन् ।

चलचित्रमा दयाहाङ राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्धि तामाङ, अर्जुन गुरुङ, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय रहनेछ ।

पुरुषोत्तम प्रधानले छायांकन गर्ने यस चलचित्रको कथा निर्देशक बोहराले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको छ । आगामी तीजमा रिलीज लक्ष्य रहेको ’भैरे’मा बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत रहनेछ । कविराज गहतराजको नृत्य निर्देशन तथा सूर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *