एसीसी एसिया कप : नेपाल सेमिफाइनलबाटै बाहिरियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ मंसिर । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएसँगै सेमिफाइनलबाटै बाहिरिनु परेको हो।

मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा १ सय ३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गमाएर लक्ष्य पूरा गरेको हो ।

अफगानिस्तानका रहमान्नुलाह गुरबाजले ७१ र इक्राम अलिले १८ रन बनाए । इब्राहिम जदरान ३ रनमा आउट भए । कमल सिंह ऐरीको बलमा उनी क्याच आउट भएका हुन। अफगानिस्तानका मुजिब उर रहमानले नेपाललाई सस्तैमा समेट्नेक्रममा ६ विकेट लिए ।

नेपालका लागि अनिल कुमार साहले ५७ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५० रन बनाए । अरु नेपाली ब्याट्सम्यान जम्न सकेनन् । समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानसँग पराजय व्यहोरेको हो ।

समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । नेपालले आइतबार इतिहासमै पहिलोपटक भारतलाई पराजित गरेको थियो । पहिलो खेलमा नेपाल बंगलादेशसँग भने पराजित भएको थियो ।

नेपाल यसअघि पनि अफगानिस्तानसँग एसीसी यु–१९ एलिट कपमा सन् २००७ मा ४८ रनले विजयी, २००९ मा ६ विकेटले पराजित, २०११ मा समूह चरणमा ६ विकेटले विजयी र फाइनलमा ६१ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *