मतदाताको मोबाइलमा उम्मेदवारको एसएमएस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा मत पार्न रसुवामा वाम गठबन्धनले एसएमएसमार्फत भोट माग्न सुरु गरेका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा सबै मतदाताको घरमा पुग्न कठिन हुने देखेपछि उम्मेदवारले एसएमएस
सेवा सुरु गरेका हुन् ।

जिल्लाका सम्पूर्ण गाउँबस्तीमा मोबाइल सेवा पुगेकाले मत माग्नका लागि एसएमएस सेवा प्रयोग गरिएको गठबन्धनले जनाएको छ । ३३२३४,+८५५१ र +८५५४ नम्बरबाट ‘रसुवाको विकासका लागि मंसिर १० को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई अमूल्य मतदान गरौँ’ भन्ने सन्देश पठाउन थालिएको छ । यसअघि सामाजिक सञ्जालमार्फत चुनावी गतिविधि बढाएका उनीहरूले चुनाव जित्नका लागि नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् ।

०७० को निर्वाचन जितेको एमालेले चार वर्षमा गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गर्ने योजना बनाएको भए पनि योजना पूरा नहुँदा यसपटक मतदातासामु पुग्न हिँडेरै जानुपर्दा समस्या आएको छ ।

पाँच स्थानीय तह रहेको रसुवामा २७ वडा छन् । दुई वडामा बाहेक अन्य वडामा सडक पुगेको भए पनि गाउँबस्तीमा सडकले छुन सकेको छैन । सडक नजोडिएको ठाउँका नागरिकले बाह्रै महिना सास्ती खेप्नुपरे तापनि एक दिन मत माग्न पुग्ने नेता तथा कार्यकर्तालाई पनि मतदाता भेट्न मुस्किल भएको छ । नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *