ओखलढुंगामा बम विस्फोट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ओखलढुंगा, २ मंसिर । वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान ओखलढुंगामा बम प्रहार गरिएको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको हो । विस्फोटमा मानवीय क्षति भने भएको छैन । सवारी साधनमा भने सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

वाम गठबन्धनको चुनावीसभामा नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा ९माओवादी केन्द्र० का महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै नेपाली कांग्रेसको चुनावीसभामा भने कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *