गगनकी प्रतिस्पर्धी सुवुना भन्छिन्, ‘पुराना पार्टीबाट मुलुक समृद्ध हुन सक्दैन’ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ मंसिर । विवेकशिल साझा पार्टीकी नेतृ सुवुना बस्नेतले पुराना पार्टीहरुले विकास गर्न नसक्ने ठोकुवा गरेकी छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाकी उम्मेदवार समेत रहेकी उनले मिडिया एनपी टिभीसँगको कुराकानीमा यस्तो बताएकी हुन् ।

उनले २००७ देखिका पार्टीले मुलुकलाई समृद्ध बनाउलान भनेर सोच्न समेत नसकिने बताइन् । ‘२००७ साल देखि चलिआएका पार्टीबाट विकास सम्भव छैन । ती पार्टीमा नाताबाद कृपाबाद हाबी छ,’ उनले भनिन्, ‘त्यसै मुलुक समृद्ध बनाउनका लागि चुस्त संरचना भएको पार्टी चाहिन्छ ।

उनले काठमाडौं ४ का मतदाताको माया भएको सुनाइन । ‘युथ फर ब्लड’ नामक संस्था चलाएर ५ हजारलाई ब्लड उपलव्ध गराएको साथै उद्यमशिल विकास प्रतिष्ठानबाट युवाहरुलाई रोजगारीको अवसर दिलाएकाले पनि त्यहाँका जनताले आफुलाई मत दिने उनको जिकिर छ ।

उनले आफ्ना प्रतिस्पर्धी कांग्रेसका गगन थापा र बाम गठबन्धनका राजन भट्टराईले बाहिर राम्रो काम गरेको सुनिएपनि उनीहरुको पार्टी ठिक नभएको बताइन् । ‘उहाँहरुले राम्रै काम गरेको भनेर चर्चा भएको सुनेकी छु,’ उनले भनिन्, ‘तर उहाँहरुको पार्टी टिक छैन । भ्रष्टाचारमा लिप्त दलका उम्मेदवारले जिते राम्रो काम गर्न सक्दैन ।’

अब नेपाली जनतालाई नजिता मुखि राजनीति चाहिएको भन्दै उनले भ्रष्टाचारको उन्मुलन, विधिको शासन बलियो बनाउन र विकास र समृद्धीको बाटोमा हिड्न जनताले विवेकशिल सझा पार्टीलाई रोज्नुको विकल्प नरहेको सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *