खाद्य सामग्र्री लिने क्रममा भागदौड मच्चिँदा मोरक्कोमा १५ को मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, ४ मंसिर । मोरक्कोको यस्साओवीरा प्रान्तस्थित सिदी बोलालाम सहरमा खाद्य सामग्री वितरणको क्रममा भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ । एक कल्याणकारी संस्थाले वितरण गरेको खाद्य सामग्री लिने क्रममा भागदौड मच्चिएको थियो । सो क्रममा ४० भन्दा बढी घाइते भएका छन् ।

घटनामा मृत्यु तथा घाइते भएकामा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेको बीबीसीले जनाएको छ । आठ हजार संख्या रहेको सो सहरमा वार्षिक रूपमा खाद्य सामग्री वितरण गर्ने गरिन्छ । मोरक्कोका राजा मोहम्मद छैटौंले घाइतेको उद्धार गर्न स्थानीय अधिकारीहरुलाई निर्देशन दिएका छन् । राजाले मृतकको दाहसंस्कार र घाइतेको उपचार खर्चमा आफूले निजी सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *