‘स्टुडेन्ट अफ द ईयर-२’ फस्ट लुक सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पुनीत मल्होत्राको निर्देशनमा तयार हुँदै गरेको फिल्म ‘स्टुडेन्ट फ द ईयर-२’ पोस्टर  रिलिज भएको छ । फिल्ममा टाइगर श्रॉफको मुख्य भूमिका रहने यस फिल्मको पोस्टरमा एडमिशन ओपन २०१८ लेखिएको छ । अर्थात् फिल्म आगामी वर्ष रिलिज हुने छ  ।

फिल्मको अभिनेत्रीको रुपमा श्रीदेवीको छोरी जन्ह्बी कपुरको चर्चा चले पनि अहिले सम्म कुनैपनि अभिनेत्री छानिएको छैन  । सन् २०१२ मा रिलिज भएको  ‘स्टुडेन्ट फ द ईयर’ को सिक्वेलको रुपमा निर्माण हुन् लागेको यस फिल्मलाई कारण जोहरले निर्माण गर्न लागेका हुन्  । वरुण धवन, आलिया भट्ट  र  सिद्धार्थ मल्होत्राले डेब्यु गरेको स्टुडेन्ट फ द ईयरलाई करण जौहरले निर्देशन गरेका थिए ।

पुनीत मल्होत्राले यस अघि आई हेट लव स्टोरीज’ र ‘गोरी तेरे प्यार में’ भने फिल्मलाई निर्देशन गरिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *