रौतहटको गुजरामा बम फेला, सेनाको डिस्पोजल टोली जाँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट, ४ मंसिर । रौतहटको गुजरा नगरपालिका–२ मा बल फेला परेको छ । बम फेला परेको जानकारी पाएपछि सदरमुकाम गौरबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा आइरहेको स्थानीय सुरेन्द्र तिमल्सिनाले मिडिया एनपीलाई जानकारी दिए ।

उनकाअनुसार सोमबार बिहान करिब ६ बजे बालबालिकाले बम देखेका थिए । तार बाहिरैबाट देखिने गरी छाडिएको कालो प्लाष्टिकमा पोका पारिएको अवस्थमा बम फेला परेको उनले जानकारी दिए ।

उक्त पोकामा बम नै रहेको निष्कर्षसहित अहिले बमस्थललाई सुरक्षाकर्मीले घेरा हालेर सुरक्षा दिएको स्थानीय तिमल्सिनाले जानकारी दिए ।बम कसले र किन राखेको हो यसबारे खुलिसकेको छैन।

यसअघि शनिबार पनि रौतहटकै चन्द्रपुर नगरपालिका–५ मा बम विस्फोट हुँदा ८ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *