मोटोपनबाट बच्न अपनाउनु होस् यी तरिका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । खानपानको कारण बढ्दै गइरहेको मोटोपनबाट आजित हुनुभएको छ ? मोटोपन घटाउन र स्वस्थ रहन  दैनिक ३० मिनेट शारीरिक व्यायाम  गर्नु पर्छ । व्याम सँगै हामीले खाने खानामा निकै ध्यान दिनु पर्छ ।

खाना चिल्लो रहित र सन्तुलित  खाना खाने गर्नु पर्छ । सके सम्म प्याकेटमा आउने जंक फुडको प्रयोग गर्नु हुँदैन । नियमित  हरियो सागपात टुसा उम्रिएका गेडागुडी,सिज्नेवल फलफुल नियमित सेवन गर्नु पर्छ । खानामा  कार्बोहाइड्रेट कम भएका खानेकुरा नियमित खानु पर्छ । खानामा सलादको मात्र बढाउनु पर्छ  । सलादमा काँक्रो , मुला, गाँजर जस्ता फाइबर युक्त खानाको नियमित खानु पर्छ ।

बिहान उठ्नसाथ मन तातोपानी पानी दुइ देखि तिन गिलास पिउने गर्नु पर्छ । मनतातो पानीले हाम्रो शरीरमा रहेको टक्सिन  (खराब पदार्थ ) लाई शरीरबाट निक्लीन  मदत  गर्ने गर्छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *