सर्वाेच्च अदालतमा बम आतंक, कर्मचारीदेखि वकिलसम्मको भागाभाग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ मंसिर । सर्वाेच्च अदातल परिसरमा बम रहेको हल्लापछि भागाभाग भएको छ । कार्यालय खुलेको केही घण्टामै अदालत परिसरमा बम रहेको हल्लापछि कर्मचारी, अभिवक्ता तथा सेवाग्राहीको भागाभाग भएको हो ।

बमको हल्लापछि इजलाश समेत बन्द गरेर न्यायाधीशहरुसहित सबै कर्मचारीलाई बाहिर निकालिएको प्रहरीले जनाएको छ ।आसन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै मुलुकका विभिन्न स्थानमा बम विस्फोट र उम्मेदवार लक्षित साघांतिक आक्रमण भइरहेका बेला अदालतमा बम रहेको हल्ला चलेको हो ।

बम रहेको र नरहेको विषयमा सुरक्षाकर्मीले अनुसन्धान गरिरहेको छ । एक अपरिचित व्यक्तिले सर्वोच्च सचिवालयमा टेलिफोन गरी परिसरमा बम राखिएको जानकारी गराएपछि हल्ला भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *