काँग्रेस केन्द्रीय चुनाव प्रचार उपसमिति सदस्यमा राजेन्द्र जमरकट्टेल

  • 737
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    737
    Shares

काठमाडौं, ५ मंसिर । नेपाली जनसम्पर्क समिति जापानका उपसभापति एवम् महाधिवेशन प्रतिनिधि राजेन्द्र जमरकट्टेल नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिको सदस्य पदमा नियुक्त भएका छन् ।

विद्यार्थीकालदेखिनै राजनीतिमा क्रियाशील सहिदपुत्र जमरकट्टेल जापानबाट आएर चुनावी प्रचारप्रसारको अभियानको सिलसिलामा अहिले तनहुँ र चितवनका विभिन्न निर्वाचन क्षेत्रमा सक्रिय छन् ।

प्रतिनिधिसभा र प्रदेससभा निर्वाचन हुन लागेकोले काँग्रेसको प्रचार अभियालनाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय सदस्य गगनकुमार थापाको संयोजकत्वमा गठित सो उपसमितिको सदस्यमा जमरकट्टेललाई जिम्मेवारी दिइएको पार्टीका मूख्य सचिव कृष्प्रसाद पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *