आत्मघाती बम आक्रमण, ५० जनाको मृत्य, दर्जनौँ घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ मंसिर। अफ्रिकी मुलुक नाइजेरियामा आत्मघाती बम आक्रमण हुँदा ५० जना भन्दा बढीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त दर्जनौँ घाइते भएका छन् । एक मस्जिदलाई लक्षित गरी आत्मघाती बम आक्रमण भएको बताइएको छ ।

एक मस्जिदलाई लक्षित गरी आत्मघाती बम आक्रमण भएको बताइएको छ । अदमावा राज्यको एक मस्जितमा प्रार्थना चलिरहेका उक्त आक्रमण भएको बीबीसीले जनाएको छ ।

उक्त आक्रमणको हालसम्म कसैले जिम्मेवारी नलिएको भएपनि विद्रोही बोको हराममाथि आशंका गरिएको छ । बोको हरामको विद्रोहका कारण आठ वर्षमा नाइजेरियामा करिब २० हजार मानिसको मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *