चलचित्र ‘राज्जा रानी’ मैथिली भाषामा पनि, भोर कम्पनीसँग भयो सम्झौता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ मंसिर । नेपाली चलचित्र ‘राज्जा रानी’ मैथली भाषामा पनि बन्ने भएको छ । आर्यन फिल्म प्रोडक्सनमा निर्माण भएको ‘राज्जा रानी’लाई मैथिली भाषामा ल्याउन भोर कम्पनी प्रा.लि.का सीईओ राजकुमार महतोसँग २० लाखमा रुपैयाँमा सम्झौता भएको छ ।

आउँदो पुस २१ गते मुलुकभर प्रदर्शनमा आउन लागेको उक्त चलचित्र भारत सहित अन्य मुलुकहरुमा समेत प्रदर्शन हुने निर्माण टिमले जनाएको छ ।

पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गरिएको सो चलचित्रमा नाजीर हुसैन र केकी अधिकारीको मुख्य अभिनय रहेको छ ।

चलचित्र ‘राज्जा रानी’मा नाजिर, केकीसहित, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *