आफ्नो विवेकले नभई अरुको आदेशअनुसार भोट हाल्नुपर्ने बाध्यताप्रति कलाकार दीपकराजको आक्रोश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ मंसिर । कलाकार दीपकराज गिरीले दलहरूले नागरिकलाई आफ्नो विवेकले नभई अरुको आदेशअनुसार हाल्नुपर्ने अवस्था सिर्जना गरिदिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

उनले दलहरूको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै जहाँ आफूलाई जे चुनाव चिन्हमा भोट हाल्न मन लागेको छ, त्यहाँ त्यसमा हाल्न नपाई अमूक पार्टीको चुनाव चिन्हमा मत हालिदिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

‘भोट हाल्दा रूख चिन्ह खोजौैं, खोजेर के गर्नु आफ्नो क्षेत्रमा गाई वा हलोलाई भोट हाल्ने आदेश छ रूखको, त्यसैले रूखलाई छोडेर सूर्य चिन्हतिर आँखा लगाउँ, सूर्यमा मतदान गर्न मन लाग्ला, तर त्यहाँ सूर्यको पनि हँसिया हथौडासँग मायाप्रीति बसेकाले हँसिया हथौडामा छाप लगाउनु तपाईको धर्म हो, बाध्यता हो ।

बडो क्रान्तिकारी साथी छ, जसले हँसिया हथौडाबाहेक अन्त भोट मरे पनि हालेको छैन, उसले पनि यसपटक सूर्य नै रोज्नुपर्ने भो । मतलब भोट पनि आफ्नो विवेकले होइन, दलहरूको आदेशअनुसार हाल्नुपर्नेछ तपाईले यो पटक,’ दीपकराजले बुधबार आफ्नो फेसबुकमा लेखेका छन् ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले राप्रपा, नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिक, एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेकाले पनि आफ्नो क्षेत्रमा जनताले आफूले चाहेको दलका चुनाव चिन्हमा मत हाल्न नपाउने भएका हुन् । दलहरूको सोही कार्यशैलीप्रति आपत्ति जनाउँदै कलाकार दीपकराजले व्यंग्यात्मक रूपमा दलहरूको आलोचना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *