शोक विह्वल आमा र अर्धमुर्छित पत्नीलाई चुनावी सभामा खडा गरेर लासको राजनीति गर्ने ?

  • 4.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4.4K
    Shares

काठमाडौं, ६ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको तेस्रो दिनमै चुनावी सभामा परिवारलाई उपस्थित गराएर सहानुभूतिको मत लिन खोजेको भन्दै सामाजिक सञ्जालमा वाम गठबन्धनप्रति आक्रोश व्यक्त हुन थालेको छ ।

तस्विर :- नेपाल लाइभ

वाम गठबन्धनले मंगलबार भरतपुरमा चुनावी सभालाई श्रद्धाञ्जली सभामा परिणत गरी एमाले र माओवादी केन्द्रले प्रचण्डलाई मत मागेको भन्दै आलोचना भएको हो । सो सभामा प्रचण्ड पत्नी सीता र बुहारी विना मगर प्रकाशलाई सम्झेर पटक–पटक रोएका थिए । प्रचण्ड आफैंले पनि आफूलाई सम्हाल्न सकेका थिएनन् ।

प्रचण्ड, सीता दाहाल, विना मगर रोएको सो सभामा एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई भनेका थिए, ‘तपाईले १५ हजारभन्दा बढी मतले जित्नु भएन भने हाम्रो बेइज्जत हुन्छ ।’ ओलीको यो अभिव्यक्तिलाई धेरैले सामाजिक सञ्जालमा लासमाथिको राजनीति भनेर टिप्पणी गरेका छन् ।

चितवन घर भएका र हाल लन्डनमा बस्ने नृपेश उप्रेती फेसबुकमा लेख्छन्
भएको एउटै पुत्र गुमाएकी शोकले विह्वल आमा र पति गुमाएकी अर्धमुर्छित पत्नीलाई तेस्रो दिनमै लगेर चुनावी सभामा खडा गरिन्छ । मृतकका कुराहरू सुनाएर र तस्बिरहरूका कार्निभल गरेर थप पीडा दिइन्छ, रुवाइन्छ । सहानुभूति बटुलिन्छ । अनि गठबन्धनका एक नेताले भन्नु हुन्छ, ‘प्रचण्डजीले १५ हजारको अन्तरले नजिते हाम्रै पार्टीको बेइज्जत हुन्छ । के यो लास माथिको राजनीति हैन ? हिजो मानवीय संवेदनाको कुरा गर्नेहरू आज कता छन् ? आफ्ना प्रिय गुमाएकाहरूको विन्ती यसरी तमासा नगर । उनीहरूलाई एकान्तको खाँचो छ । नियतिबाट लुटिएको यी नारीहरूमाथि यो अन्याय भएन ? उनीहरूलाई नितान्त शान्ति, पारिवारिक वातावरण, साथ र समयको जरुरत छ । तर यो कुरा कसले बुझ्ने ? सबैलाई राजनीतिको भेंडी चाल जो चल्नु छ ।’

पत्रकार तथा प्राध्यापक सरोज मिश्र फेसबुकमा लेख्छन्
हिजो ‘श्रद्धाञ्जली सभा’ आवरणमा चुनावी कार्यक्रम नगरेको भए हुन्थ्यो ! शोकसन्तप्त माताको आँसु र पीडा र दिदीहरूको मलिन अनुहार अनि श्रीमतीको ब्यथालाई ‘भोट कमाउने मेसिन’ बनाउनु कदापि ठिक होइन । प्रतिद्वन्द्वी विक्रम पाण्डेले चाहिँ बाँदरमुढेका दिगंगत ३८ जनाको ‘श्रद्धाञ्जली सभा’ गरेर मातापिता, श्रीमान् श्रीमती, दाजुभाइ, दिदीबहिनी र आफन्तको आँसुसँग भोट साट्ने प्रयास नगरुन् !

One thought on “शोक विह्वल आमा र अर्धमुर्छित पत्नीलाई चुनावी सभामा खडा गरेर लासको राजनीति गर्ने ?

  1. Hajur prachanda ju… afno shreemati ra bhuhariharulai ghar ma basaunu hola yeta uta lagera naraunu …. ra afu pani ghar ma basera waha sanga sath batnush hosh …. mareko 13 din pani bhakochaina choraa…. yesari nagarnush shanta sanga basnush……

Leave a Reply

Your email address will not be published. Required fields are marked *