च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमान, मेसीभन्दा १६ गोलले अगाडि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, ६ मंसिर । पोर्चुगल स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान तोडेका छन् । मंगलबार राति एपोइल निकोसियाविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले च्याम्पियन्स लिगको एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोको दुई गोलको सहयोगले रियल म्याड्रिडले निकोसियालाई ६–० गोलले पराजित गर्‍यो । यो जितसँगै म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा समेत छनोट भएको छ ।

टोटेनहमले अर्को खेलमा जर्मनी क्लब बोरुसिया डर्टमुन्डलाई २–१ गोलले पराजित गर्दै ५ खेलबाट १३ अंक जुटाउँदै अन्तिम १६ मा समूह विजेताको हिसाबले छनोट भएको हो। म्याड्रिडले १० अंक बटुलेको छ।

रोनाल्डोले घर बाहिर भएको खेलमा ४९ र ५४ मिनेटमा गोल गरेका थिए । उनको यही क्यालेन्डर वर्षमा च्याम्पियन्स लिगमा १८ गोल पूरा भएको हो । उनले च्याम्पियन्स लिगको पछिल्लो १० खेलमा १८ गोल गरेका हुन् ।

च्याम्पियन्स लिगमा उनको गोल संख्या १ सय १३ पनि पुरा भएको छ, जुन बार्सिलोनाका अर्जे्न्टिनी स्ट्राइकर लिओनल मेसीभन्दा १६ गोल बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *