पाेखरामा कांग्रेसकालागि भाेट माग्दै राेबाेट !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ६ मंसिर । आसन्न चुनावमा मतदातालाई आफूतिर आकर्षित गर्न उम्मेदवारले बिभिन्न  हत्कण्डा अपनाई रहेको बेला  कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’मा चुनाव प्रचारका लागि  रोबोटको  प्रयोग  गरिएको छ । रोबोटको छातीमा कांग्रेसको झन्डा लागिएको छ भने मानिसहरुको हुलका बीच पुग्दा उक्त रोबोटले ‘जय नेपाल भने गरेको छ ।

कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’ का कांग्रेस उम्मेदवार गुरुप्रसाद बरालले  मतदातालाई प्रभावित पार्नका लागि  उक्त रोबर्टको प्रयोग गरेका हुन् । रोबर्टले  ‘गुरु बरालका लागि रूखमा भोट हालेर जिताऊँ है,’ भन्दै मत माग्ने गरेको स्थानीय राजन बिकले बताए ।

रोबर्टले भोट माग्न थालेपछि स्थानीय रोबोटको क्रियाकलाप देखेर निकै आकर्षित भएका छन् । देशलाई सम्वृद्धि र प्रविधिसँग जोड्नकालागि आफूले रोबोट प्रयोग गरेको उम्मेदवार बरालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *