यस्तो छ नेपालको रेलसेवाको इतिहास (फोटो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ६ मंसिर । काठमाडौँमा मोनो रेल र मेट्रो रेलको चर्चा चलिरहदा नेपालको पहिलो रेल सेवाको  बारेमा भने कमै नेपालीले मात्र  थाहा पाएका छन् । नेपालको पहिलो रेल्वे भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्मको रहेको थियो ।

तत्कालिन इस्ट इन्डिया कम्पनीले काठ ओसार्नका लागि निर्माण गरिएको उक्त रेल्वे सन् १९२३ मा निर्माण सुरु गरिएको  थियो । सन् १९२७ मा निर्माण पुरा गरिएको  उक्त रेल्वे लाइन ४८ किलोमिटर लम्बाईको रहेको थियो ।

जहानिया राणा शासनका समयमा केहि सुधारकका रुपमा देखिएका तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्माण गरिएको उक्त रेल्वे  (पंचायत  काल )२०२२ सालमा बन्द गरिएको थियो ।

त्रिभुवन राजपथ बने लगतै बन्द गरिएको उक्त रेल्वे लाइन पुनः गणतन्त्र आए पश्चात रेल लिकमा केहि सुधार गरि ६ किलोमिटर (रक्सौल देखि बीरगंजको सिर्सिया) सम्म अन्तर्देशीय कन्टेनर  डिपोको रुपमा संचालन गरिएको छ ।

संसदीय बिकाश समितिको प्रतिवेदन- २०७४मा   नेपालमा रेल सम्वन्धि सरकारी इन्जीनियर नरहेको उलेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *