रोनाल्डोले तोडे मेसीको कीर्तिमान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ  । रियलको जितमा रोनाल्डोले दुई गोल गरेका थिए । च्याम्पियन्स लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने उनी पहिलो फुटबलर बनेका छन् । अपोलविरुद्ध दोस्रो हाफमा दुई गोल गर्दै रोनाल्डोले च्याम्पियन्स लिगको एकै सिजनमा १८ गोल संख्या पु¥याउन सफल भए । यसअघि कीर्तिमान बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीको नाममा रहेको थियो ।

मेसीले एकै सिजनमा १६ गोल गरेका थिए । रोनाल्डोले च्याम्पियन्स लिगमा समग्रमा १ सय १३ गोल पूरा गरेका छन् । मेसीले रोनाल्डोलाई पछ्याइरहेका छन् । च्यापिम्पयन्स लिगमा मेसीको नाममा ९७ गोल रहेको छ । मेसी रोनाल्डो भन्दा १६ गोलले पछि छन् । रियलका लागि करिम बेन्जमाले दुई गोल गरे । लुका मोड्रिच र नाचोले समान १ गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *