३२ जिल्लामा आजबाट मौनअवधि, कुन-कुन जिल्लामा लागू हुने, उल्लङ्घन गरे उम्मेदवारी रद्द

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ मंसिर । यही मंसिर १० गते पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुने ३२ जिल्लामा बिहीबार मध्यरातिबाट मौनअवधि सुरु हुँदैछ । निर्वाचन आयोगकाअनुसार ३२ जिल्लामा बिहीबार मध्यराति १२ बजेबाट मौनअवधि सुरु हुनेछ ।

मौनवधि सुरु भएदेखि मतदान नसकिएसम्म मतदातालाई आकर्षित गर्ने, भोट माग्ने तथा चुनावी सभा र कार्यक्रम गर्न पाइने छैन।  कुनै पनि माध्यमबाट मत माग्न र निर्वाचन प्रसार प्रसार गर्न पाइने छैन। निर्वाचन आयोगकाअनुसार एसएमएससहित फेसबुक, ट्वीटर, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरेर समेत भोट माग्न पाइने छैन।

निर्वाचन आचारसंहितामा मौनअवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न नहुने, मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने छ ।

राजनीतिक दल तथा नेता कार्यकर्ता, उम्मेदवार, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमलाई समेत मौनअवधि लागू हुने आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनका लागि मौनअवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा भने प्रसारप्रसार गर्न पाइने आयोगले जनाएको छ ।

यदी मौनअवधिमा चुनाव प्रचार प्रसार गर्ने, भोट माग्ने गतिविधि भए त्यसमा संलग्नलाई पनि एक लाख रुपैयाँ जरिवाना, उम्मेदवार भए उसको उम्मेदवारी रद्द एवम् कसुर अनुसार अन्य प्रचलित कानुनअनुसार कारबाही हुने आयोगले स्पष्ट पारेको छ ।

प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरु

सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रूकुम (पूर्वी भाग), रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *