वाम गठबन्धन कार्यकर्ताले सुतिरहेका कांग्रेस कार्यकर्तामाथि छुरा प्रहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ओखलढुंगा, ७ मंसिर । ओखलढुंगामा वाम गठबन्धनका कार्यकर्ताले सुतिरहेका नेपाली कांग्रेसका कार्यकर्तामाथि छुरा प्रहार गरेका छन् ।

चम्पादेवी ९ का वडा अध्यक्ष झम्कहरी बरालको नेतृत्वको वाम गठबन्धनका कार्यकर्ताको समूहले विलन्दुमा बुधबार राति सुतिरहेका नेपाली काग्रेसका नेपाली काग्रेसका उत्तम कार्की र दुर्गा श्रेष्ठमाथि छुरा प्रहार गरेका हुन् ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका उनीहरुको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जनाइएको छ । उनीहरुलाई बिहीबार बिहान थप उपचारका लागि हेलिकप्टरबाट मार्फत काठमाडौं लगिएको हो ।

आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । सुतिरहेका व्यक्तिमाथि आक्रमण गरेर कायरता देखाएको भन्दै उनीहरुमाथि कारबाहीको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *