सरकारलाई आयोगकोे अल्टिमेटम : २४ घण्टा भित्र फाइल उपलब्ध निर्देशन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ मंसिर । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन हुने गरी भएका कर्मचारी सरुवा सम्बन्धि फाइल २४ घण्टाभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सरकारले हालै नुवाकोट, रसुवा, भोजपुर र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको थियो । उक्त जिल्लामा यही मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

निर्वाचन आचारसंहिता विपरीत हुने गरी गरिएको सीडीओ सरुवाप्रति आयोगले आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आचारसंहिता विपरित कर्मचारी सरुवा गरेको भन्दै आयोगले २४ घण्टाभित्र सम्पूर्ण कागजपत्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।

सरकारलाई २४ घण्टे अल्टिमेटम दिएकोबारे आयोगले बिहीबार विज्ञप्ति जारी गरेर जानकारी दिएको हो । जारी विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रालयबाट माग भए बमोजिमको काज सरुवाका लागि सहमति प्रदान नगरिएको र आयोगको पत्र प्राप्त भएको २४ घण्टा भित्र सक्कल फाइल उपलब्ध गराउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।’

गृहमन्त्रालयले ३ वटा जिल्लाका प्रमुख जिल्लाअधिकारी सहित राजपत्राकिंत ६ जना कर्मचारीको सरुवा गर्दै आयोगसँग सहमति मागेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि भदौ १४ गतेबाट आचारसंहिता लागू भएको भन्दै कर्मचारी सरुवा गर्न नमिल्ने आयोगको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *