कांग्रेसको उम्मेदवार छैन, वाम गठबन्धनलाई पराजित गर्छु– अनुपा श्रेष्ठ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ मंसिर । काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यमा विवेकशील साझा पार्टीको तर्फबाट अनुपा श्रेष्ठले उम्मेदवारी दिएकी छन् । हाल उनी आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारका क्रममा मतदाताको घरदैलोमा पुगेकी छिन् ।

समृद्ध नेपालको नारा लिएर चुनावी मैदानमा उत्रिएको छ साझा पार्टी । जनताले पनि समृद्ध नेपाल चाहेकाले आफू जिताउने अनुपाको दाबी छ । मतदाताले देखाएको व्यवहार र उनीहरुको समर्थनले आफू उत्साहित रहेको भन्दै उनले नागरिक परिवर्तन, भ्रष्टाचार मुक्त सुशासन व्यवस्था चाहने बताए ।

नागरिकले परिवर्तनको संवाहकको रुपमा विवेकशील साझा पार्टीलाई लिएको दाबी गर्दै उनले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई पराजित गर्ने दाबी गरिन् । ‘कांग्रेसले उम्मेदवारी दिएको छैन, लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारलाई पराजित गर्छु’, उनले भनिन् ।

दुई दशक पत्रकारिता अनुभव बटुलेकी श्रेष्ठले उम्मेदवारी दिएको काठमाडौं–७ मा संयुक्त लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवार राप्रपाका विक्रम थापा र वाम गठबन्धन तर्फका उम्मेदवार एमालेका रामवीर मानन्धरले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *