मनिषा कोइरालासँग ‘फेरि भेटौंला’ खेल्ने नायिका पार्वती अधिकारी किन छिन् गुमनाम ? फेरि फर्कंदैछिन् नेपाली चलचित्रमा (भिडियो)

एक गुमनाम नायिकाको संघर्षका कथा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर । २०४६ सालमा निर्मित ‘फेरि भेटौंला’ चर्चित चलचित्र हो । फूर्वा छिरिङले निर्देशन गरेको सो चलचित्र कलाकार र संगीतका कारण निकै चर्चामा रह्यो । बलिउडमा संघर्षरत रहेकै अवस्थामा नायिका मनिषा कोइराला ‘फेरि भेटौंला’ खेल्न आइपुगेकी थिइन् ।

प्रकाश अधिकारी, मनिषासँगै सो चलचित्रमा अर्की नायिका थिइन् पार्वती अधिकारी । चलचित्रमा उनको अभिनयको सबैले तारिफ गरेका थिए । मनिषासँग काम गर्दा रमाइलो भएको र डाइलग डेलिभरी पनि राम्रो भएको उनको भनाइ छ ।

२०४३ सालतिर प्रकाश थापा निर्देशित चलचित्र ‘सन्तान’ को सुटिङ हेर्न जाँदा सुन्दर अनुहार भएकै कारण पार्वतीले चलचित्र खेल्ने अवसर पाएकी थिइन् । त्यसपछि पार्वती चलचित्र क्षेत्रमै क्रियाशील रहिन् ।

पचासको दशकसम्म पार्वतीदे करिब १२ वटा ठूलो पर्दाको चलचित्र, ८० वटा थिएटर नाटक र केही टेलिशृंखलामा अभिनय गरिन् । फेरि भेटौला, कस्तुरी, भुमरी, सिउँदोलगायतका चलचित्रमा पार्वतीले नायिककै रूपमा अभिनय गरेकी छन् । सानै उमेरमा बिहे गरे पनि श्रीमान्को सहयोग र साथले नै आफ्नो कलाकारिताले एक दशक यात्रा तय गर्न सफल भएको उनले बताइन् ।

उनी २०५३ तिर श्रीमान्सहित बेल्जियम गइन् । त्यसयता पार्वतीले नेपाली चलचित्र खेल्ने अवसर पाइनन् । तैपनि उनको नेपाली चलचित्रसँग मोह घटेन । बेल्जियममा हुने हरेक नेपाली चलचित्रसँग सम्बन्धित अधिकांश कार्यक्रममा पार्वतीको सहयोग रहँदै आएको छ । उनले गृहजिल्ला चितवनका लागि बेल्जियममै बसेर सामाजिक कार्य गर्दै आएकी छन् ।

कुनै तयारीबिना चलचित्रको रंगीत संसारमा प्रवेश गरेर सबैतिरबाट राम्रो तारिफ पाएकी सन्तानको उच्च शिक्षाका लागि बेल्जियम जानु परेको उनी बताउँछिन् । विदेशमा रहँदा नेपाली सिने क्षेत्रलाई निकै सम्झने गरेको बताउने पार्वती चाँडै नेपाली चलचित्रमा फर्कन सोच आफूले बनाएको मिडिया एनपीसँगको कुराकानीमा उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *