३२ जिल्लामा शुक्रबार र शनिबार दुई दिन मतदाता परिचयपत्र वितरण हुँदै, पहिले लिइसकेको परिचयपत्रबाटै मत हाल्न मिल्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर । निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणको निर्वाचन हुने जिल्लामा शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण गर्दै छ । पहिलो चरणको निर्वाचन हुने जिल्लाका सम्बन्धित मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण हुनेछ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा परिचयपत्र बुझ्न बाँकीका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण गर्न लागेको हो । स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताहरूले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।

२०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवं नामावली सार्न र सच्चाउन निवेदन दिएका मतदाताले नयाँ परिचय पाउने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *