हत्यारा श्रीमान् पक्राउ, ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 लहान, ८ मंसिर । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमान्लाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादपछि ३० वर्षीया समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर नगरपालिका– ६ भोक्राहाका हत्यारा श्रीमान् ३५ वर्षीय ओली राइनलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको गोपालपुरबाट राइनलाई पक्राउ गरिएको हो ।

उता मोरङको बूढीगंगा गाउँपालिका– ३ स्थित कोशी राजमार्गमा ट्यांकरको ठक्करबाट बिहीबार साँझ स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन् ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ४५९९ नम्बरको ट्यांकरले सोही दिशातर्फ जाँदै गरेको को २५ प ८२०२ नं को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते शाह भएकी स्कुटर पछाडि बस्ने सुनसरी, इटहरी – ६ की २७ वर्षीया खुश्बु शाहको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अर्की घाइते सोही ठाउँ बस्ने २१ वर्षीया चालक आशा रिजालको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *