नेपाली, हिन्दी, भोजपुरी गरी तीन भाषाका फिल्मका छायाँकार पवन गौतम भन्छन्, कमाई राम्रै छ

  • 692
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    692
    Shares

काठमाडौं, ८ मंसिर । नेपाली चलचित्र क्षेत्रमा सीमित छायाँकार छन्, जो आफूलाई सधैं व्यस्त बनाइराख्छन् । यिनमध्येका एक हुन् पवन गौतम । सिनेमाटोग्राफी क्षेत्रमा लागेको एक दशकमै उनले आफूलाई अब्बल ठहर्‍याइसकेका छन् ।

टो समयमै उनले नेपाली, हिन्दी र भोजपुरी गरी पवनले तीन भाषाका चलचित्रलाई आफ्नो क्यामेरामा दृश्य उतारिसकेका छन् । त्यसका साथै गौतमले सयौं म्युजिक भिडियो र डकुमेन्ट्री खिचिसकेका छन् ।

२०६३–६४ सालदेखि छायाँकन थालेका उनी यही पेसाबाट जीवन धान्न सकिनेमा विश्वस्त छन् । ‘पछिल्लो समय काम नभएर त्यत्तिकै बस्नु परेको छैन, पारिश्रमिक पनि राम्रै पाइएको छ,’ उनी भन्छन् ।

बारा मनहर्वाका गौतमको पहिलो चलचित्र ‘द लास्ट किस’ हो । जसको निर्देशन बीबी फुयाँलले गरेका छन् । यस्तै, उनले ऋषि न्यौपानेको ब्रह्माका साथै पाप, च्याम्पियन, रक्तभोग, सुब्बा साब, लाले, रामजाने, जय मधेसलगायतका चलचित्रमा छायाँकन गरेका छन् । ती सबै चलचित्र रिलिज भइसकेका छन् ।

गौतमले छायाँकन गरेको झमकबहादुर, स्वर्ग मेरो गाउँ, द लेडी विथ द ¥याम, कालेदाइ, धनवान, रफ्तार (भोजपुरी), २७ आवर्स (हिन्दी)लगायतका चलचित्र छायाँकन गरेका छन् । उनी अहिले विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने मनस्थितिमा छन् । उच्च शिक्षा पनि सकभर सिनेमा विषय नै रहने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *