मिस युनिभर्सको फिनाले आइतबार, आफूलाई भोट दिन नग्मा श्रेष्ठको आग्रह (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर । ६६ औँ मिस युनिभर्सको आयोजना अमेरिकास्थित लस भेगासमा पर्सी आइतबार हुँदैछ । यही नोभेम्बर २६ मा हुने उक्त आयोजनमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै सहभागी भएकी छन् ।

मिस नेपाल आयोजना भएको २३ औँ वर्ष पुगिसक्दा पनि अहिलेसम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भएको थिएन । नेपालसँगै कम्बोडिया, लाओस पनि पहिलो पटक मिस युनिभर्समा सहभागि भएका छन् ।

उक्त प्रतियोगिताको लागि नोभेम्बर २० देखि अनलाइन भोटिंग खुला गरिएको छ । नग्मालाई आफ्नो जिमेल एकाउन्ट लग इन गरेर दिनमा १० भोट सम्म गर्न पाइनेछ । साथै उनलाई ट्वीटर मार्फत पनि भोट गर्न पाइने छ । त्यसको लागि #missuniverse / #Nepal सट्याग गर्नुपर्छ । यसको रिट्वीटको पनि गिन्ती हुनेछ । नग्माले नोभेम्बर २६ मा हुने फिनालेमा आफ्नो देशको संस्कृति झल्किने भेषभ’षामा आफ’लाई प्रस्तुत गर्नेछिन् ।

९२ देशबाट आएका प्रतिस्पर्धी मध्य नग्मा श्रेष्ठ आफूलाई बिजेताको दाबेदार मान्छिन् । उक्त प्रतियोगितमा सहभागी हुन अमेरिका जानुअघि मिडिया एनपीसँग कुरा गर्ने क्रममा नग्माले भनेकी थिइन्, ‘नेपालमा अझै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली चेली सक्षम छैनन् भन्ने मानसिकता रहेको छ । यसलाई चिर्ने मेरो प्रयास रहनेछ ।’

आम नागरिकबाट आउने सुन्दरी प्रतियोगिता किन गर्ने भन्ने प्रश्नलाई किन गर्नु हुँदैन त ? भन्ने प्रतिप्रश्न गर्नुपर्ने बुझाइ रहेको नग्माले यस्ताखाले प्रतियोगिताले अन्तर्राष्ट्रिय पुरस्कार पाउने सम्भावनालाई बलियो बनाउने बताइन् ।

अमेरिकामा जारी ६६ औँ मिस युनिभर्स प्रतियोगितमा नग्माको शरीरको उचाइले पनि राम्रो चर्चा पाइरहेको छ । नग्माको ५ फिट ११ इन्च रहेको छ । प्रतियोगीमध्य नग्माको सबैभन्दा बढी उचाइ रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *