सरकारको निर्णय : बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको हो ।

गएको कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग गरेको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्झौता खारेज गरेको थियो । त्यसपछि राजनीतिमा तरङ ल्याएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सरकार बनेपछि फेरि गेजुवालाई नै दिने बताएका थिए । तर, शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण गर्ने गरी प्राधिरणलाई जिम्मा दिने निर्णय भएको जानकारी दिए । यसका लागि १५ दिनभित्र एक समिति निर्माण हुने र उसले दिएको प्रतिवेदनको आधारमा काम थालिने मन्त्री थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *