सामूहिक बलात्कारमा फुटबलर रोबिन्हो दोषी ठहर, ९ वर्ष जेल सजाय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर । ब्राजिलका फुटबल खेलाडी तथा उनी म्यान्चेस्टर सिटीका पूर्वफरवार्ड रोबिन्हो सामूहिक बलात्कारमा दोषी ठहर भएका छन् ।

इटालीस्थित मिलानको एक अदालतले रोबिन्होलाई सन् २०१३ मा एक २२ वर्षीया अल्बानियन युवतीको सामूहिक बलात्कारमा दोषी ठहर गर्दै ९ वर्ष जेल सजाय सुनाएको हो । अदालतले उनीसँगै सो घटनामा अन्य पाँच ब्राजिलियनलाई पनि दोषी ठहर गरेको छ।

डिस्को क्लबबाट निस्केपछि ती युवतीलाई उनीहरुले बलात्कार गरेको ठहर गर्दै अदालतले पीडितलाई ७१ हजार डलर क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ।

आफूमाथि लागेको आरोपलाई खण्डन् गर्दै रोबिन्होले अदालतको उक्त फैसलाविरुद्ध सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *