जानकी मन्दिरमा ‘अनुराग’ शुभमुहूर्त, पोखरामा सुटिङ, एलिजा गौतमको नायक समुद्र पण्डित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनुषा, ८ मंसिर । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको मुख्य भूमिका रहने चलचित्र ‘अनुराग’ को शुभमुहूर्त भएको छ । शुक्रबार जनकपुरस्थित रामजानकी मन्दिरमा भएको शुभमुहूर्तमा एलिजा गौतम र समुद्र पण्डितले अभिनय गरेका थिए ।

सत्यराज चौलागाईको निर्देशनमा बन्न लागेको चलचित्र ‘अनुराग’ को छायांकन ४५ दिनको सेड्युल गरिएको छ । चलचित्रमा रामकुमार केसीको छायांकन रहने छ ।

चलचित्रको छायांकन भने पोखरा र काठमाडौंमा हुने निर्माण पक्षले जानकारी दिएको छ । जनकपुरमा शुभमुहूर्तपछि सम्पूर्ण युनिट पोखरा छायांकनका लागि प्रस्थान गरेको थियो ।

चलचित्रमा एलिजा र समुद्रका अलावा राजाराम पौडेल, ठीलेन लामा, धिरेन शाक्य, रुपा राणा, शिशिर राणा, मोहन निरौलालगायतका कलाकार रहेका छन् ।

ताराप्रकाश लिम्बू र सरोज पोखरेलको संगीत, प्रवीन सिंहको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *