दलाई दामा क्रिश्चियन ! सत्यताको धरातलमा उभिन आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बौद्ध धर्म गुरु दलाई लामा क्रिश्चियन हुन् भनी आशंका व्यक्त गरेको छ । हालै लामाले दिएको बुद्ध भारतीय हुन् र बेबकुफ नेपालीले बुद्ध नेपाली हुन भनेर हल्ला गरेको अभिव्यक्ति विवादमा परेको छ ।

यसैक्रममा ग्रेटर नेपालका फटिन्द्र नेपालले ‘सायद् दलाई लामा क्रिस्चियन हुन् !’ भनी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

‘आफूलाई बुद्धको अवतार भनेर दाबी गर्ने दलाई लामालाई बुद्ध कहाँ जन्मेका हुन् भन्ने थाहा थिएन र छैन होला भन्नु केटाकेटीपन हो’, फेसबुकमा नेपालले लेखेका छन्, ‘क्रिश्चियनको हतियार बनेका १४ औँ दलाई लामा सायद् भित्रभित्रै क्रिस्चियन पो बनिसकेका हुन् कि !’

‘बुद्ध इन्डियामा जन्मेका हुन् भनी भारत र पश्चिमाहरूद्वारा प्रायोजित प्रचार गरेको केही दिनमै बुद्ध नेपालमा जन्मेका हुन् भनेर माफी माग्दै पश्चात्तापसमेत गर्ने दलाई लामा चीनको राष्ट्रिय एकताविरुद्ध भारत र पश्चिमी जगत् का निम्ति काम गर्छन् भन्ने धेरै पहिले नै स्पष्ट भैसकेको हो’, उल्लेख गरेका नेपालले लामाको अभिव्यक्तिप्रति भर्त्सना गरेका छन् ।

लामाको विवादास्पद अभिव्यक्तिपछि नेपालमा रहेका तिब्बती शरणार्थीलाई नेपालमा बस्न दिने कि नदिने भन्ने नैतिक प्रश्न उठेको उनको भनाइ छ ।

यसैबीच, राप्रपा राष्ट्रवादीले लामाको उक्त विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । उसले लामालाई आफ्नो विवादास्पद तथा भ्रामक अभिव्यक्ति सच्याएर सत्यताको धरातलमा उभिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *