म्यानचेस्टर सिटीको कीर्तिमानी जित, ह्याम युनाइटेड २–१ ले पराजित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले कीर्तिमानी जित दर्ता गरेको छ । लिग अन्तर्गत आइतबा राति भएको खेलमा म्यानचेस्टर सिटीले १३ औं जित दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हरायो । पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।

४४ औं मिनेटमा एन्जेलो ओग्बोन्नाले हेड मार्फत गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाति अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा ग्रावियल जेसुसको पासमा निकोलस ओटामेन्डीले सिटीका लागि बराबरी गोल फर्काए ।

८३ औं मिनेटमा डेविड सिल्भाले केविन डि ब्राउनको पासमा गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । यो जितसँगै सिटीले लिगमा एकै सिजन लगातार धेरै खेल जित्ने कीर्तिमानमा बराबरी गरेको छ ।

चेल्सीले गएको सिजन लगातार १३ खेल जित्दै बनाएको कीर्तिमानमा म्यानचेस्टर सिटीले बारबरी गरेको हो । यस्तै आर्सनलले पनि सन् २००१/०२ को सिजनमा लगातार १३ खेल जित्दै पहिले कीर्तिमान बनाएको थियो ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १५ खेलबाट ४३ अंक भएको छ र उसले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी फेरि ८ कायम गरेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको वेष्ट ह्यामको १० अंक मात्रै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *