रोधरह्याममाथि सिटीको ७ गोल, एफए कपको चौथो चरणमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः रोधरह्यामलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार साँझ घरेलु मैदानमा भएको तेस्रो चरणमा खेलमा रोधरह्याममाथि ७–० को फराकिलो जित निकाल्दै सिटी चौथो चरणमा पुगेको हो । च्याम्पियनसिप क्लब रोधरह्याममाथिको सिटीको फराकिलो जितमा सात खेलाडीले गोल गरे ।

सिटीका रहिम स्ट्रलिङ, फिल फोडेन, गाब्रियल जेसस, रियाद महारेज, निकोलस ओटामेन्डी र लिरोए सानेले गोल गर्दा एक गोल सेमि अजायीबाट आत्मघाती गोल उपहार पाएको थियो ।

सिटीले खेलको १२ औं मिनेटमा रहिमको गोलबाट अग्रता बनाएको थियो । ४३ औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटी २–० ले अघि बढेको थियो । ४५ औं मिनेटमा रोधरह्यामका सेमिले आत्मघाती गोल गरेपछि सिटी पहिलो हाफमै ३–० ले अघि रहेको थियो ।

५३ औं मिनेटमा गाब्रियल जेससले गोल गरे । ७३ औं मिनेटमा रियाद महारजेलले गोल गरेपछि सिटीले खेलमा ५–० को अग्रता बनायो । ७८ औं मिनेटमा निकोलस ओटामेन्डीले तथा ८५ औं मिनेटमा लिरोए सानेले गोल गरेपछि सिटीले रोधरह्याममाथि ७–० को फराकिलो जित निकाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *