लामो समयपछि काठमाडौं उपत्यकामा हल्का वर्षा, उच्च पहाडी भेगमा हिउँ पर्न सक्ने

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं, २३ पुस । लामो समयपछि काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ । काठमाडौंमा सोमबार बिहानदैखि मौसम बदली भएको थियो । धुम्म अँध्यारो दिनसँगै पानी पर्न सुरु भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आज मौसममा बदली हुने जनाएको छ । अधिकांश स्थानमा घाम नलाग्ने र केही ठाउँमा हल्का वर्षा हुनसक्ने महाशाखाको भनाइ छ ।

हिउँद सुरु भएपछि काठमाडौं उपत्यकामा पानी परेकै थिएन । लामो समयपछि वर्षा भएको हो । वर्षा भएसँगै केही दिन काठमाडौंमा चिसो बढ््ने भएको छ । विगत एक सातादेखि तापक्रम घटेसँगै हल्का वर्षा भएको हो । सोमबार बिहानको मौसम हेर्दा काठमाडौं उपत्यकाका अग्ला पहाडमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *