१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

वीरगञ्ज,२३ पुस । अंगभंग मुद्दामा दोषी ठहर भएका बाराका एक ब्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् । बारा साविकको प्रष्टोका गाबिस ५ हाल प्रसौनी गाउँपालिका ५ बस्ने बैजनाथ साह तेलीलाई प्रहरी पक्रेको हो ।

बारा जिल्ला अदालतले २०६२ असार ०१ गते गरेको फैसला सदर हुने भनी सर्वोच्च अदालतले २०६८ जेठ २४ गते फैसला गरेको थियो । जिल्ला अदालत बाराले अंगभंग मुद्दामा दोषी ठहर गरी साहलाई २ वर्ष कैदको फैसला सुनाएको थियो । साह त्यसबेलादेखि नै फरार थिए ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पुस २१ गाउँमै लुकीछिपी बसेको अवस्थामा साहलाई पक्राउ गरेको थियो ।

आइतबार बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा अदालतको आदेशले साहलाई तोकिएको कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *